समावेशी श्रम अनुगमन ( Inclusive Labor Monitoring ILM) सामुदायिक ड्यासबोर्ड
Inclusive Labor Monitoring (ILM) भनेको उद्योगहरू आपूर्ति शृंखलाहरूमा र देशहरु जहाँबाट प्रवासी कामदारहरू आउँछन् र जहाँ उनीहरू काम गर्न जान्छन् दुवैमा कामको निरन्तर मोनिटरिङ गर्ने गर्छ । यो समावेशी छ किनकि यसले केवल कामदारहरूको निरन्तर प्रतिक्रिया मात्र नभई , आपूर्तिकर्ताहरू र मानव संसाधन प्रदायकहरूका क्रियाकलापहरू र प्रतिक्रियाहरू पनि प्रतिबिम्बित गर्दछ अर्थात् देखाउदछ ।
नागरिक समाज सेवा प्रदायकहरूले सामूहिक रूपमा ILM प्रणाली प्रयोग गरी हाम्रो डाटा संकलन गर्ने र सुरक्षित, लोकतान्त्रिक श्रमिकका आवाजहरूलाई विश्वलाई प्रस्तुत गर्ने काम गर्दैछन् ।
सामुदायिक ड्यासबोर्ड: समावेशी श्रम अनुगमन ( INCLUSIVE LABOR MONITORING)
यो डाटा वास्तविक समयमा अपडेट हुन्छ। योगदानहरू एशियाभरि स्थानीय रूपमा आधारित नागरिक समाज संगठनहरू (एनजीओ र ट्रेड युनियनहरू) को नेटवर्कबाट बनाइन्छ जुन प्रत्यक्ष रूपमा कामदारहरूसँग काम गर्दछ। थप फिल्टरहरू पनि चाँडै आउँदैछन्, सम्पर्कमा रहनुहोस्!
DRIVING ETHICAL SUPPLY CHAINS
WORKER EMPOWERMENT
INDUSTRY RESPONSIVENESS
"अहिले, केही कारखानाहरूका कार्यस्थलमा अझै पनि श्रमिक समस्याहरू छन्, कानुनी रुपमा सबै कागजात भएका श्रमिकहरूको पनि समस्याहरु छन्। त्यस्ता समस्याहरूमा, धेरै थोरै शौचालय जाने ब्रेकहरू र मौखिक दुर्व्यवहारका घटनाहरु छन्। यदि गैरसरकारी संस्थाहरू वा खरिदकर्ता कम्पनी हरूले कार्यस्थलको भ्रमण गर्न सक्दा राम्रो हुन्थ्यो। अडिटहरू कामदारहरूको अन्तर्वार्तामा आउँदा श्रमिकहरु समस्यामा पर्ने गर्छन्, किनभने उनीहरूले समस्यालाई गोप्य राख्दैनन्, अनि कामदारहरूलाई जोखिममा पार्ने गरिन्छ। मेरो कार्यस्थल राम्रो हुँदै गइरहेको छ, यसका लागि इसरालाई धन्यवाद र हामी सहयोगको लागि पुन सम्पर्क गर्नेछौ ।“
- Cambodian worker in Phetchaburi, Thailand